सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Sandeep 000

काठमाडौं । नाबालिक बलात्कार आरोपमा हाल हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।

यसअघि जिल्ला अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो। सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज फेरि म्याद थपका लागि अनुमति मागेको हो।

गएको २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो। सन्दीपमाथि १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएकी छन्। किशोरीले गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds