नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा आर्मीलाई स्वर्ण

Fencing

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शुक्रबार भएको फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण पदक जितेको छ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो।

आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो।

एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए।

फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए।

फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी च्याम्पियन बनेको छ। आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कास्यसहित १७ पदक प्राप्त गरेको छ।

वाग्मती चार स्वर्ण, तीन रजत, एक कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ। सशस्त्र प्रहरी दुई स्वर्ण, चार रजत र सात कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ भने सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ।

त्यसैगरी गण्डकी प्रदेश चार कास्य पदक जित्दै पाँचौँ स्थानमा छ भने प्रदेश–१ ले तीन कास्य पदक प्राप्त गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds