पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी खेल शनिबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खेल तालिका अनुसार असोज २९ देखि कार्तिक २ गतेसम्म पोखरा रंगशाला स्थित आर्चरी मैदानमा खेल सञ्चालन हुनेछन् ।
खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउँदैछन् ।
पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए । मधेश र कर्णाली बाहेक सबै क्षेत्रको सहभागिता रहेको हो ।
गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीका अनुसार प्रतियोगितामा सहभागी हुन एक सय बढी खेलाडी विहिबार नै पोखरा आइसकेका छन् । ‘टीम सबै आइसके, अभ्यासमा छन् । तयारी लगभग पूरा भइसकेको छ । केही खेल सामाग्री आउन बाँकी छ ।’ थकालीले भने– ‘मैदानमा घाँस काट्ने, रंगरोगन गर्ने, रेखा कोर्ने काम गरिएको छ । टार्गेट बोर्ड र टार्गेट फेसको पर्खाईमा छौँ ।’ उनका अनुसार ३० वटा टार्गेट बोर्ड माग भएकोमा २० वटा आउने भनिएपनि खेलस्थलमा आइपुगेको छैन ।
स्टान्डर्ड (३० मिटर), रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर) विधामा खेल हुनेछन् । जुनियर लेभल स्टान्डर्डमा सबै क्षेत्रबाट सहभागिता छ । प्रतियोगितामा सहभागी हुने १०६ जना खेलाडीमध्ये ६६ जना पुरुष र ४० जना महिला छन् । एकल, सामूहिक र मिश्रित आधारमा खेल हुनेछ ।
शनिबार विहान सहभागी खेलाडीहरुको खेल सामाग्री परीक्षण र अफिसियल, खेलाडीहरु निश्चित गरिने काम हुनेछ भने दिउँसो २ बजेपछि ¥यांकिङ राउण्ड सुरु हुनेछ । शनिबार र आइतबार ¥यांकिङ सकिएपछि नकआउट चरणमा खेल प्रवेश गर्ने अध्यक्ष थकालीले बताए ।
२०६५ चैतमा काठमाण्डौमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पहिलो पटक आर्चरी खेल समाविष्ट थियो । त्यसयता आर्चरी नियमित समावेश छ । तर, सबै क्षेत्रबाट प्रतिनिधित्व नहुँदा बीचको दुई संस्करणमा पदक गणना भएन । पाँचौ र छैटौंमा पदक गणना भएको थियो भने सातौ र आठौँमा आर्चरी खेलाडीलाई अवसर दिएपनि पदक गणना नगरिएको थकाली बताउँछन् । नवौं खेलकुदमा भने आर्चरी खेलकर्मी उत्साहित छन् । सबैभन्दा धेरै क्षेत्रबाट खेलाडी सहभागी हुँदा यस संस्करण विशेष रहेको खेलाडीसमेत रहेका कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले प्रतिक्रिया दिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह