नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार कास्कीको पोखरामा भव्य उद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ पोखरा रङ्गशालामा प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक एनआरएनको टिम सहभागी छन् ।प्रतियोगिताका केही खेलहरू सम्पन्न भइसकेका छन् भने केही खेल अहिले जारी छ । प्रतियोगिता गण्डकी प्रदेशका सबै जिल्लामा हुनेछन् ।
पोखरा रंगशालामा नेपाली सेना, शसस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिसले मार्चपास गरे । त्यस्तै, सात प्रदेशले आ–आफ्नो संस्कृति झल्किने सांस्कृतिक झाँकी प्रदर्शनलगायतका विभिन्न नृत्यहरू प्रदर्शन गरे । सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्णधारी तथा ओलम्पियन टिका बोगटीले ओलम्पिक टर्च प्रज्वलन गरे ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने, ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्न पाउँदा गौरावान्भित महशुस गरेको छु । नवौँ राष्ट्रिय खेलकुदसम्म आइपुग्दा नेपाली खेलकुदले धेरै उतावचढाव ब्यहोरेको छ । राष्ट्रिय खेलकुदले विविध चुनौतीहरू ब्यहोर्दै आएको छ । देशको मुहार फेर्न राष्ट्रिय खेलकुद कोशेढुंगा सावित भएको छ ।’
पुनले अगाडि भने, ‘यो खेलकुदबाट थुप्रै राष्ट्रिय कीर्तिमानहरू बन्ने मैले विश्वास लिएको छु । त्यसको लागि सबै खेलाडीलाई शुभकामना दिन चाहन्छु । समाजमा शान्तिको भाइचारा गर्ने खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने गर्छ । त्यसैले खेलकुदको विकास गर्नुपर्छ । तर सरकारले अपेक्षाअनुसारको लगानी गर्न सकेको छैन ।’

सात प्रदेश, तीन विभागीय क्लब र एनआरएनए गरी कुल ११ टिमले नवौँ राष्ट्रिय खेलकुदमा भाग लिएका छन् । नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेलमा ७७९९ खेलाडीले ४०४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन् ।
अहिलेसम्म १३ स्वर्णको छिनोफानो भइसकेको छ । जहाँ त्रिभुवन आर्मी क्लबले पाँच स्वर्ण, ६ रजत र सात कास्य गरी कुल १८ पदक जितेको छ ।

गमती प्रदेशले चार स्वर्ण र तीन रजत र एक कास्यसहित आठ पदक जित्दा एपीएफले दुई स्वर्ण, चार रजत र सात कास्य गरी १३ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्य गरी चार पदक जित्दा नेपाल पुलिसले एक स्वर्ण जित्न सफल भएको छ । यता, गण्डकी प्रदेशले चार कास्य पदक जित्दा प्रदेश १ ले तीन कास्य जितेको छ ।


सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह