पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन् । त्यसैगरि १ घण्टा २० मिनेट ०४ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकी हुमी बुढामगरले कास्य जित्न सफल भइन् ।
आजै भएको पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । १९ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घण्टा ११ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि १ घण्टा १३ मिनेट २५ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।
सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छभने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह