पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएकी छन् ।
पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा काम गर्ने उल्लेख गरेकी छन् ।
उम्मेदवार गुरूङले विगतमा एमाले नेतृत्वको प्रदेश सरकारले शुरु गरेका तर सरकारको फेरबदलका कारण पूरा हुन नसकेका विकास निर्माणका अधुरा योजना पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने प्रतिवद्धता जनाईन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र सबै हिसावले महत्वपूर्ण रहेकोले सो क्षेत्रको विकासको योजना सहित छिट्टै आफ्नो पार्टीको प्रतिवद्धता सार्वजनिक गर्दै सोही अनुरुप स्थानियकै आवश्यकता र सुझावका आधारमा काम गर्ने बताएकी छन् ।
गुरूङले आफू जहिले पनि जनताकै सेवामा लागेको उल्लेख गर्दै दोसो पटक पनि जनसेवाकै लागि उम्मेदवारी दिएको बताईन् । आफ्नो एक मात्र सपना विकास भएकोले त्यसका लागि कास्की २(ख)का जनताले आफूलाई विजयी गराउने उनको विश्वास छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह