काठमाडौं । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ ।
वन तथा वातावरण मन्त्रालय मातहतमा रहेको वातावरण विभागले आज सूचना जारी गर्दै प्लास्टिकजन्य फूल बिक्री वितरण गर्न प्रतिबन्ध गरेको जनाएको हो ।
‘नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरुमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सबैमा अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।
वातावरण विभागको अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजार रुपैयाँदेखि २० हजारसम्म जरिवाना हुने जनाएको छ । साथै, सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने विभागको भनाइ छ ।
सरकारले यसअघि साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो ।
तर, बजारमा प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरण भइरहेको हुनाले पुनः सूचना जारी गरेर उक्त कार्यमा संलग्न नहुन अनुरोध गरेको हो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु