पोखरा । पोखरा ५ मालेपाटनमा नेकपा एमाले, कास्की निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को चुनाव परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।
नेकपा एमाले केन्द्रिय पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, पोलिटव्युरो सदस्य सीता गिता ओली, क्षेत्र नम्बर ३, प्रतिनिधी सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी, प्रदेश सभा ३ ‘ख’ उम्मेदवार राजिव पहारी, समानुपातिक उम्मेदवार लालकाजी गुरुङ्ग लगायतले बिहीबार एक समारोहका विच कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस पटकको निर्वाचनमा कास्कीका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले समग्र कास्कीको विकासका लागि आफुहरुलाई विजयी गराउन मतदातासँग आग्रह गरे । विकासप्रेमी कस्केली जनताको इच्छा आकांक्षा पुरा गर्ने योजना एमालेकै उम्मेदवारहरुसँग भएको बताउँदै जनताको सपाना साकार पार्न सूर्यमा मतदान गरिीएमाले उम्मेदवारहरुलाई विजयी गराउन कस्केली जनतासंग उम्मेदवारहरुको अनुरोध छ ।
समारोहमा पार्टीका केन्द्रिय अनुशासन समिति सदस्य मित्रकुमारी सुवेदी, सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, प्रदेश कमिटि सचिवालय सदस्य पुण्यप्रसाद पौडेल तथा एमाले नेताहरु लिलाधर पौडेल, विष्णुबहादुर केसी, दिलिप विक्रम शामी, तेजनाराण अधिकारी, धनबहादुर नेपाली लगायतको सहभागिता थियो ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो