पोखरा । जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०७९ महिला उद्यमी रामकली खड्कालाई अर्पण गरिने भएको छ ।
ज्योति भट्टचनको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले महिला उद्यमी खड्काको नाम चयन गरेको हो । शिक्षासेवी मिना गुरुङ, पुरस्कारका संस्थापक विश्वमोहन गौचन, संस्थाका अध्यक्ष तथा महासचिव पदेन सदस्य रहेको समितिको सिफारिसलाई संस्थाको बैठकले सर्वसम्मत स्वीकृत गरेको का.वा. अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पुरस्कारको राशि ताम्रपत्र, दोसल्ला र नगद १० हजार एक सय ११ रहेको छ ।
पुरस्कार सिद्धि गौचनको १२ औं स्मृति दिवस पारेर कार्तिक १२ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजित एक कार्यक्रमका बीच अर्पण गरिने भएको छ ।
२०१२ सालमा हुम्लामा जन्मेर २०३२ सालदेखि महिला सीप विकास संस्थाको नेतृत्व गर्दै आएकी खड्काले १७ हजार बढी दिदीबहिनीलाई सीपमुलक तालिम प्रदान गरेर स्वरोजगार बनाइसकेकी छन् ।
अमेरिका, श्रीलंका, बंगलादेश, बेल्जियम, कोरिया, ब्राजिल, जापान, इटाली, पेरु, भारतलगायत दुई दर्जन बढी देशमा सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाइसकेकी खड्काको हस्तकला संगठनमा ४० वर्ष बढीको अनुभव छ ।
दर्जनौं संघसंस्थाबाट उत्कृष्ट महिला उद्यमी, महिला शसक्तिकरण पुरस्कारबाट विभुषित खड्काको नेतृत्वमा सिमलचौर, पोखरा–८ मा सञ्चालित महिला सीप विकास तालिम केन्द्रमा हाल सातसय बढी दिदीबहिनी स्वरोजगार छन् ।
महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका विविध क्षेत्रमा जीवन समर्पण गरेकी सिद्धि गौचनको योगदानलाई चीरस्मरणीय बनाउन स्थापना भएको पुरस्कार जरो टुप्पोबाट पहिलो पटक अर्पण गर्न लागिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए ।
समाजसेवी विश्वमोहन गौचनबाट आफ्नी धर्मपत्नी सिद्धि गौचनको स्मृतिमा स्थापना भएको अक्षयकोषमा सिद्धिका शुभेच्छुक आफन्तजनको सहयोगसहित तीन लाख १५ हजार आठ सय रुपैयाँ रहेको छ । उक्त कोषबाट आर्जित ब्याज रकमले पुरस्कार अर्पण गर्न लागिएको संस्थाका प्रवक्ता ताराबहादुर गुरुङ बताउँछन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह