पोखरामा जुवातास तथा कौडा खेलिरहेका २३ जना ५ लाख बढी नगदसहित पक्राउ

पोखरामा जुवातास तथा कौडा खेलिरहेका २३ जना ५ लाख बढी नगदसहित पक्राउ

Kauda Pakrau

पोखरा। कास्की प्रहरीले अवैध जुवातास तथा कौडा खेल्दै गरेका २३ जनालाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका वडा नं -३० शिशुवा निवासी यमुना पराजुलीको घरमा तास खेलिरहेको भन्ने सूचना पश्चात ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले २३ जनालाई नगदसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँ र कौडा १ सेट वरामद गरेको छ।

पक्राउ परेका सबैमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds