मोटरसाइकलको पाङ्ग्रामा सल बेरिएर तनहुँमा एक महिलाको हात चुँडियो

मोटरसाइकलको पाङ्ग्रामा सल बेरिएर तनहुँमा एक महिलाको हात चुँडियो

patient

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सवार एक महिलाको अचानक सल बेरिएर हात चुँडिन पुगेकाे छ ।

व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको हात चुँडिएको हो ।

दिदीको छोरासँग बाइकमा आउँदै गरेकी थापाको बाँया हात कुहिनो भन्दा तलबाट चुँडिएको प्रहरीले जनाएको छ । बाइकमा सवार घाइते थापाकी छोरी र चालक सकुशल छन्। बाइकमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् ।

घाइते थापालाई तत्कालै दमौली अस्पताल ल्याएर उपचार गरिएको छ । थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौ लगिएको तनहुँ प्रहरीले जनाएकाे छ । समयमै उपचार गर्न सकिए हात जोड्न सकिने चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ