छठ हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या

छठ हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या

balak hatyaa

विराटनगर । मोरङको उर्लाबारीमा छठ पूजा हेर्न गएका एक बालकको छुरा प्रहारबाट मृत्यु भएको छ।

आइतबार राति उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलाको किनारमा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका १० का १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि उर्लाबारीको गोदाबारी अस्पताल हुँदै विर्तामोडको बिएण्ड सी अस्पताल पुर्‍याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । छुरा प्रहारबाट बालकको बायाँ कोखामा गम्भीर चोट लागेको थियो।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको छ।

पुरानो रिसिईबीका कारण हत्या भएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ