ट्विटरमा भेरिफाइड हुन शुल्क लिने तयारी

ट्विटरमा भेरिफाइड हुन शुल्क लिने तयारी

elon-and-twitter.

एजेन्सी । माइक्रो ब्लगिङ प्लेटफर्म ‘ट्विटर’मा प्रयोगकर्ताले आफ्नो एकाउन्टलाई भेरिफाइड गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी भएको छ । ट्विटरको भेरिफिकेसन प्रक्रियालाई परिमार्जन गर्दै अब प्रमाणिकरण हुँदा शूल्क लिर्नुुपर्ने व्यवस्था गर्ने तयारी भएको हो ।

ट्विटर खरिद गरेसँगै त्यसका मालिक एलन मस्कले आइतबार ट्विटमार्फत नै यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया (भेरिफिकेसन प्रोसेस)लाई अहिले परिमार्जन भइरहेको छ ।’ उनले यसबारेमा थप जानकारी भने दिएका छैनन् ।

मस्कको यस्तो ट्विटपछि विश्वका चर्चित प्राविधिक सञ्चारमाध्यमहरुले शूल्क लिने तयारी भइरहेको दाबी गरेका छन् । ट्विटरमा प्रयोगकर्तालाई प्रमाणिकरण गरि दिइने निलो चेक मार्कका लागि शूल्क लिने तयारी रहेको प्रविधिसम्बन्धी सञ्चारमाध्यम द भर्जले जनाएको छ ।

प्रमाणिकरणका लागि कति शूल्क लाग्छ र यसमा के कस्ता अन्य सुविधा हुन्छन् भन्ने बारेमा खुलेको छैन् । तर, विभिन्न सञ्चारमाध्यममा लेखिएअनुसार मासिक रुपमा ४.९९ अमेरिकी डलरमा ट्विटरमा भेरिफाइड ब्याज लिन सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ