पोखरा। कास्की प्रहरीले विभिन्न मुद्धाका फरार १० जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले एकैपटक १० जनालाई पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेहरु जिल्ला अदालत कास्कीबाट विभिन्न मितिमा कैद तथा जरिवानाको फैसला भइ फरार रहंदै आएका छन्।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका – २९ भण्डारढिक निवासी वर्ष ७२ को टेक बहादुर गुरुङ, पोखरा २९ भण्डारढिक निवासी ७१ वर्षीया रन माँया गुरुङ, सोही ठेगाना भएका ४० वर्षीय शेरमान गुरुङ, ३९ वर्षीय निरमान गुरुङ, ३६ वर्षीय बेल कुमार गुरुङ, ३१ वर्षीया जमुना गुरुङ र २६ वर्षीया बिपना गुरुङ रहेका छन्।
यस्तै सवारी ज्यान मुद्दामा अदालतले २ महिना १० दिन कैद तथा २ हजार जरिवाना सजाय तोकेकोमा हालसम्म फरार रहंदै आएका तनहुँ शुक्ला गण्डकी नगरपालिका – २ कोत्रे निवासी ३६ वर्षीय सन्तोष पुन, सवारी ज्यान मुद्धाकै धादिङ स्थायी घर भई हाल पोखरा -३२ मजुवा बस्दै आएका ४० वर्षीय चक्र बहादुर गुरुङ र लागु औषध मुद्धामा १० महिना १६ दिन कैद सजाय तोकी हालसम्म फरार रहंदै आएका पोखरा ३१ मोहरिया निवासी १९ वर्षीय सुनिल बि.क रहेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा बुझाइएको प्रवक्ता तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो