पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म आजदेखि चार दिने मोटर र्याली गर्ने भएको छ ।
‘टुगेदर फर लोकल टुरिजम’ मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७ (आज) देखि २० गते शनिबारसम्म र्यालीको आयोजना गर्ने भएको हो ।
कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरलानाका, लोमान्थाङ, मार्फा, जोमसोङलगायतका ठाउँहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ र्यालीको आयोजना गर्न लागिएको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।
यसका साथै र्यालीले स्थानिय उत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस)को प्रवद्र्धन लगायतमा पनि सघाउन पुग्ने अध्यक्ष मल्लले बताए ।
र्यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुले सहभागिता जनाउँदै छन् । पोखरा–कोरलानाका सम्म हुने र्यालीमा २५ बढी गाडीमा उनीहरुको सहभागिता रहनेछ ।
र्यालीका समयमा हुने जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडीमा समस्या आएमा गाडी बनाउनका लागि ईञ्जिनियर र मेकानिक्सको टिम सँगै रहनेछन् । र्यालीका लागि विभिन्न ठाउँ छुट्याएर प्वाईन्ट तोकिनेछ । एक प्वाईन्टबाट अर्को प्वाईन्टमा पुगेपछि आराम गर्नका लागि ईन्टरभलको समय छुट्याईने व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ ।
संस्थाले विगत केही समयदेखि मोटर र्याली आयोजना गर्दै आएको छ ।
सन् २००३ मा स्थापित गैर नाफामुलक सामाजिक संस्थाका रुपमा स्थापित संस्थाले युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलता तर्फ लाग्न प्रेरित गर्ने, युवा उद्यमीहरु बीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसीपलगायतका कार्यहरु गर्दै आएको छ ।
संस्थामा देशका १२ वटा सहरका ७ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’