पोखरा। पोखराको नयाँ गाउँ स्थित ‘ग्लो संस्था’ मा सिलाई कटाईको तालिम लिइरहेका २० जना महिला दिदी बहिनीहरूलाई संस्थाले सिलाई मेसिन वितरण गरेको छ।
पोखरा महानगरपालिका -१५ नयाँ गाउँस्थित उक्त संस्थामा विगत ४ महिनादेखि निःशुल्क सिलाई कटाईको तालिम लिइहेका २० जना गरिब तथा विपन्न महिलालाई संस्थाले आज बिदाइ गर्दै निःशुल्क सिलाई मेसिन समेत वितरण गरेको हो।
निःशुल्क मेसिन वितरण कार्यक्रममा मेसिन प्रदान गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफूहरू निर्वाचित भएर आएलगत्तै यस पवित्र संस्थासँग सहकार्य भएको र निर्वाचनका बेला वडावासीसँग वाचा गरे अनुरूप वडामा महिला उद्यमशीलता र युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउँदै लगिएको बताए। उनले पवित्र उद्देश्य लिएर हिँडेको ‘ग्लो संस्था’ले समाजमा रहेका असहाय, अपाङ्ग, गरिब तथा विपन्न वर्ग र समस्यामा परेकाहरूको उत्थानका लागि निःशुल्क शैक्षिक सामाग्री वितरण लगायत हरेक क्रियाकलापमा सहयोग गर्दै आइरहेको प्रति संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य रहने बताए। साथै बानियाँले वडाको उद्देश्य अनुरूप यो पहिलो सुरुवाती कार्य मात्र भएको र अबका दिनमा वडाका अन्य संस्थाहरूसँग पनि सहकार्य गदै यस्ता कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने बताए।

संस्थाकी संस्थापक सिता पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई सुझाव दिइन्। बिदाइ कार्यक्रममा भावुक समेत देखिएकी पौडेलले सिकाईका क्रममा सहभागीहरूसँग छुट्टै आत्मीययता गाँसिएको भन्दै यही सीपबाट आत्मनिर्भर भएर प्रगति गर्नु भन्दै सबैलाई आशीर्वाद दिइन्।
वडा सदस्य बलराम पौडेलले सहभागी महिला दिदी बहिनीहरूलाई प्रदान गरिएको मेसिन मेसिन मात्र नभएर जीवन रूपान्तरण गर्ने साधन भएकाले यसको जतनसँग उपयोग गर्न आग्रह गरे। उनले सिलाई कटाई पेसा अति उत्तम पेसा रहेको भन्दै आत्मनिर्भर भएर समाजमा उदाहरणीय बन्न सबैलाई सुझाव दिए।

यस्तै, संस्थाका निर्देशक आगमन राज पौडेलले आज उपलब्ध गराइएको मेसिन आफ्नै खुट्टामा उभिन र आफै श्रम गरेर जिउनका लागि औजारको रूपमा रहेको बताए। उनले यस औजार लाई नचलाए औजारमा मात्र नभई सीपमा पनि खिया लाग्ने भन्दै यसको सही प्रयोग गर्दै आफ्नो सीपलाई पनि उधाएर अगाडि बढ्न तथा उन्नति प्रगति गर्न शुभकामना दिए।
वडा नं -१५ को सिफारिस तथा समन्वयमा वडावासी २० जना गरिब तथा विपन्न महिलालाई उक्त संस्थामा निशुल्क सिलाई कटाई तालिमका दिइएको थियो।
संस्थाले तालिममा सहभागी सबैलाई ३ लाख बराबरको उषा कम्पनीको सिलाई मेसिन र मेसिन राख्ने स्ट्यान्ड वितरण गरेको हो। निःशुल्क मेसिन वितरण कार्यक्रममा संस्थाका संस्थापक, निर्देशक तथा वडाका जनप्रतिनिधिहरू लगायत तालिमकी प्रशिक्षक उषा नेपालीको सहभागिता रहेको थियो।
उक्त संस्थामा हाल पुनः १० जना गरिब तथा जेहेन्दार छात्र छात्राले निःशुल्क कम्प्युटरको तालिम लिइरहेका छन्।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा