पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले पोखराको पुरानो नेवार वस्तीलाई सम्पदा क्षेत्रको घोषणा गर्नुपर्ने बताएका छन् । पुरानो नेवार वस्तीको मौलिकतालाई जोगाउँदै सो क्षेत्रलाई सम्पदा क्षेत्र घोषणा गरि त्यहाँको आर्थिक विकास गनुपर्ने उनले बताए ।
शनिबार पोखरा ४ मा पर्ने गणेशटोल, पालिखेचोक, गैह्रापाटन, चिप्लेढुंगा लगाएतका क्षेत्रमा घरदैलो गरेका अरुण गिरीले नेवार समुदायको ऐतिहासिक विरासत बोेकेको ठाऊँलाई नीतिगत रुपमा सम्बोधन गरि त्यसको लागि विशेष प्याकेज निर्माण गर्नुपर्ने बताए । गिरीले आफूसँग नेवार वस्ती रहेको सो क्षेत्रको आर्थिक गतिविधि बढाउनका लागि विशेष योजना रहेको बताउँदै निर्वाचित भएपछि सो क्षेत्रको वृहत्तर आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
पुरानो नेवार वस्तीका मौलिक संरचनालाई जोगाईराख्नका लागि राज्यले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने उनले बताए । साथै सो क्षेत्रको आर्थिक विकासका लागि नेवार समुदायसँग जोडिएको साँस्कृतिक, कला र खानपिनको सँस्कारलाई व्यवसायिकतासँग जोड्न आवश्यक रहेको गिरीको भनाई छ । उनले नेवार समुदाय कला र सँस्कृतिको धनी रहेको उल्लेख गर्दै पर्यटकीय हिसाबले प्रचार गर्न सके सो क्षेत्रको आर्थिक उन्नती हुने कुरा दोहोर्याए ।

आफूले घोषणापत्रमा समेत प्राथमिकता दिएर नेवार वस्तीको कुरालाई उल्लेख गरेको गिरीले बताए । आफ्नो एजेन्डाअनुरुप काम गर्न सके पुरानो नेवार वस्तीलाई साँस्कृतिक हब को रुपमा विकास गर्न सकिने उनको तर्क छ । ‘नेवार समुदायको बाजागाजा, नृत्य र कलालाई प्रदर्शन गर्ने प्लेटफर्मसहित सो सम्पदा क्षेत्रको विकास गर्न जरुरी छ ।’ गिरीले भने -‘त्यही ठाऊँमा बसेर नेवारी खानाका पारखीहरुले विभिन्न परिकारको मज्जा पनि लिन सक्छन् ।’ गिरीले सबै हिसाबले सम्पदा क्षेत्रको मौलिकता जोगाउँदै अध्ययन अनुसन्धानको केन्द्रको रुपमा सो क्षेत्रका विकास हुनुपर्ने बताए ।
घरदैलोको क्रममा गिरीको एजेन्डासँग नेवार समुदायका अधिकांश मतदाताहरुले सहमती जनाएका थिए । आफ्नो ठाऊँको मौलिक विकासको योजनासहित मत माग्न आएका गिरीलाई यो पटक चुनावमा मत दिएर जिताउने उनीहरुले वचन दिएका थिए । अहिलेसम्म उम्मेदवारहरु मत माग्न आउँदा मात्रै काम गर्छु भन्ने गरेको तर निर्वाचित भैसकेपछि एजेन्डालाई बिर्सदै आएको बताउँदै उनीहरुले गिरीलाई त्यसो नगर्न सुझाव दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह