पोखरा । नक्कली गरगहनाहरु बनाई धितोमा राखी कर्जा लिएर ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पर्वत जिल्ला कुश्मा नगरपालिका -३ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -१८ सराङकोट बस्दै आएका २५ वर्षीय अभिषेक सुनारलाई नक्कली सुनका गरगहना धितोमा राखेर कर्जा लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

सुनारले वाणिज्य बैंकमा धितो स्वरूप राखेका नक्कली सुनका गरगहना
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार सुनारले लामो समयसम्म कर्जाको साँवा बुझाउन नआएपछि शंका लागि उनले धितोमा राखेको गरगहना चेक गर्ने क्रममा कमसल सुन प्रयोग गरी गरगहना तयार गरेको खुलेको हो। सुनारले पोखरा -१७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पोखरा -८ पृथ्वीचोकस्थित वाणिज्य बैंकबाट ७ लाख ४५ हजार गरी कूल २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएको प्रवक्ता तिवारीले जानकारी दिए।
हाल पक्राउ परेका उनीमाथि विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
साथै अनुसन्धानको क्रममा सुनारले धितोमा राखेका गरगहनाहरू नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएकोमा उक्त गरगहना नक्कली सुनबाट तयार गरिएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको पनि सुचनामा जनाइएको छ ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर