पोखरा । गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन ।
संघीयतामाथि प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारहरुले आआफ्ना घोषणापत्र जनतासामु पुर्याएर मत फकाइरहेका छन् ।
कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले संघीयताप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘अहिले संघीयता काम छैन, प्रदेश संरचनाको औचित्य छैन भन्नेहरु बढेका छन् । हाम्रै कामका कारणले व्यवस्थाप्रति वितृष्णा बढेको हो,’ उनले भने, ‘अबको कार्यकाल जनताले प्रदेशबाट अधिकतम लाभ लिन सक्ने गरी सन्चालन हुन्छ । विकास, शिक्षा, स्वास्थ्य सबै सुविधा प्रदेशबाटै पाउने गरी काम गरिने छ ।’
उनले आफ्नो निर्वाचन क्षेत्रका हरेक गाउँबाट आधा घण्टाभित्र पालिका केन्द्र पुग्न सक्ने गरी सडक संरचनाको स्तरोन्नती गर्ने बताए । ‘घान्द्रुकबाट नाउँडाँडा आउने नागरिक आधा घण्टा भन्दा धेरै समय लाग्यो भने सेवा लिन समस्या भयो । राज्यको सेवा झन् जटिल बनाउने होइन,’ उनी भन्छन्, ‘सेवा प्रवाह जति झण्झटिलो भयो, उति ब्यवस्था प्रति प्रश्न बढ्छ । यहाँका सडकलाई स्तरीय बनाएर आधा घण्टामा पालिका आइपुग्ने व्यवस्था मिलाइन्छ ।’
उनले नयाँपुलदेखि घान्द्रुक सडक, लुम्ले तोल्का हुँदै लान्द्रुक जोड्ने सडक, अन्नपूर्ण रिङरोड देखि पोखराका सबै वडा पुग्ने सडकहरुको एकीकृत विकास गर्न आफू प्रतिवद्ध रहेको बताए ।
यस्तै, सबै गाउँमा एक घर एक धारा पुर्याउने, हरेक घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्ने, काठेपोललाई स्टिलको पोलले विस्थापित गर्ने लगायत योजना पनि सुनाएका छन् । ‘प्रत्येक घरमा विजुली, प्रत्येक घरमा पक्की छाना हुनुपर्छ । गरिव र विपन्न परिवारका लागि सुरक्षित आवासको ज्ञारेण्टी गण्डकी सरकारले गर्छ,’ उनले भने ।
बरालले आफ्नो निर्वाचन क्षेत्र जलविद्युत उत्पादनका हिसावले प्रभावकारी भएकोले लगानीको वातावरण सिर्जना गरी अधिकतम विद्युत उत्पादनका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने बताए । गण्डकी प्रदेशमा २० हजार मेगावाट विजुली निकाल्न सक्ने प्रक्षेपण छ ।
त्यसमध्ये आर्थिक अवस्थाले १२ हजार मेगावाट विजुली निकाल्न सम्भव देखिएको छ । कास्की ३ (ख) को मोदी लगायत खोला पनि विद्युत उत्पादनका हिसावले निकै सम्भावनायुक्त मानिन्छ ।
घान्द्रुक, लान्द्रुक, लुम्ले, तोल्का लगायत गाउँहरु लघु जलविद्युत आयोजनाबाट चौविसै घण्टा उज्यालो छ । तर लघु विद्युत बढी महंगो पर्ने भएकोले राष्ट्रिय लाइन बढी प्रभावकारी हुन्छ ।
उनले आफ्नो क्षेत्रको होमस्टे पर्यटन, ग्रामिण पर्यटन जस्ता समुदायमा आधारित पर्यटन सन्चालन गरिरहेका उद्यमीहरुका लागि आधारभूत विदेशी भाषा तालिम, सरसफाई र सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण र होमस्टे सेवाको स्तरोन्नतिमा पहल गर्ने बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने