पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ ।
माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग गरेर बरालले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।
उनले सरकारी ढुकुटीको पैसा रकमान्तर गरेर आमा समूहलाई बाँडेको भन्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको हो । पोखरा महानगरपालिका १७ निवासी महेन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेक अन्य कार्यक्रम, योजना घोषणा गर्न नहुने व्यवस्था छ । तर, अर्थमन्त्री बरालले पाँच करोड रूपैयाँ पैसा विभिन्न आमा समूहसहित संस्थाको भवन बनाउन दिने भनेर रकमान्तर गरेको भन्दै उजुरी परेको हो ।
पौडेलले बुधबार अर्थमन्त्रालयमा पुगेर रकमान्तरको विषयमा सूचना माग गरेका थिए । तर, अर्थ मन्त्रालयका सूचना अधिकारीले निर्णयको फाइल मन्त्रीसँगै भएकाले आफूलाई जानकारी नभएको भन्दै फर्काइदिएका थिए । उजुरीकर्ता पौडेलले गत २७ कार्तिकको मन्त्रीस्तरीय निर्णयबाट आमा समूहको भवन निर्माणमा सहयोग गर्ने निर्णय भएको जानकारी आएपछि उजुरी दिएको बताए ।
बरालविरुद्ध बुधबार नै कालोसूचीमा परेको मान्छे भनेर उम्मेदवारी खारेज माग गर्दै अर्को उजुरी परेको थियो । त्यो विषयमा निर्वाचन अधिकृतको कार्यालयले उनलाई स्पष्टीकरण सोधेको छ । बरालले भने पुरानो घटनालाई चुनावको बेला अतिरञ्जित बनाइएको बताएका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर