पोखरा । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले मानव सेवा आश्रम पोखरा–२५ हेमजाका लागि एउटा कोठा निर्माण गरिदिने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो ।
आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप १ लाख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी हुन् ।
यसअघि एफएम सञ्चालन शुभारम्भको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले गत वर्ष खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।
यसैबीच, एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ । कार्यक्रममा एफएमका प्राविधिक प्रमुख पञ्चसुबा गुरुङ (दीलु) बेष्ट स्टाफ अफ दी ईयर घोषित भए । उनलाई नगद रकम १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

अध्यक्ष कर्मकुमारी गुरुङ, प्रमोटर दीपक कार्की, प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठ, टेक्निकल डाइरेक्टर रविभुषण पराजुली, समाचार प्रमुख सन्देश श्रेष्ठ, जुना थापा लगायतले नगद रु १५ हजार ६ सय ७५ सहित दोसल्ला, ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरेका थिए ।
एभरेस्ट एफ एम “आवाज बिहिनका आवाज” मुलमन्त्रका साथ एभरेस्ट मिडिया हाउस प्रा.लि.द्वारा पोखराबाट प्रसारण हुने एक ब्यवसायिक प्रसारण संस्था हो । एभरेस्ट मिडिया हाउसले एम.एम.संगै एभरेस्ट आवाज डटकम नामक अनलाइन न्यूज पोर्टल पनि संचालनमा गर्दै आएको छ ।
यसैबीच, एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले रेडियोको परोपकारी कामबाट प्रभावित भई मानव सेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गरिदिने घोषणा गरेका छन् । उनले त्यसका लागि ५ लाख ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त रकम केहि दिन भित्रै हस्तान्तरण गर्ने उनले बताए ।
पोखरा २५ हेम्जा बाबियातरामा संचालित आश्रमको अहिले भवन निर्माणाधिन अवस्थामा छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीबृद्धिको लागि “मानवताको लागि संगीतिक यात्रा” भन्ने नाराका साथ पोखरामा यहि पुष १२ गते नेपथ्य लाईभ कन्सर्ट हुँदैछ । कन्सर्ट पोखराको नयाँबजार स्थित प्रदशनी केन्द्रमा हुने आश्रमका प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ