पोखरा। मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथाम सम्वन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ ।
आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
तालिम पोखरा महानगरपालिका वडा कार्यालय ५ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा सम्पन्न भएको थियो । पहिलो चरणमा पोखरा वडा नं. ५ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि, विद्यालयका प्रतिनिधिलगाएत ४५ जना तालिममा सहभागि रहेका कोशिशले जनाएको छ ।
तालिम मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या हुन सक्ने सम्भाव्यताको अध्ययन गर्दै यसको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको थियो । तालिममा मुख्य प्रशिक्षक कोशिशका विनय पाण्डेले प्रशिक्षण गराएका थिएभने कार्यक्रम संयोजक कोशिशका सुदिप घिमिरे, मानव अधिकारकर्मी खिमलाल सुवेदी, शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी र कोशिशकी नविना आचार्यले सहजीकरण गरेका थिए । औपचारिक कार्यक्रम पोखरा वडा नं. ५का वडाध्यक्ष विष्णु प्रसाद बरालको प्रमुख आतिथ्यता र वडा ५ कै जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीले अध्यक्षता गरेकी थिइन् ।
तालिममा मन स्वास्थ्य भए सबै राम्रो हुदै जानेहुँदा मन स्वस्थ राख्नुपर्नेमा जोड दिइएको थियो । मनलाई स्वस्थ राख्न सके आत्महत्यालाई न्युनीकरण गर्न सकिने तालिममा सिकाइएको थियो । तालिमपश्चात आत्महत्या न्यूनीकरणमा आफूले भुमिका खेल्ने प्रशिक्षार्थीले प्रतिवद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह