पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागि सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको छ ।
एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीका संयोजक तेजनारायण अधिकारीले सोमवार एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले) का सूर्यध्वजावाहक उम्मेदवारहरुलाई अत्याधिक मत दिई विजयी गराउने कस्केली मतदाता, पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुलाई हार्दिक आभार सहित धन्यवाद दिएका हुन् ।
विज्ञप्तीमा सत्ता गठबन्धनको हरेक खालको तिकडम राज्य सत्ताको दुरुपयोग समेतलाई परास्त गरी विजयी हुने नेकपा (एमाले)का सुर्यध्वजावाहक उम्मेदवारहरूमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
निर्वाचनको प्राप्त परिणाम अनुसार कास्की जिल्लामा प्रतिनिधि सभामा क्षेत्र नम्वर १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’, साथै प्रदेश सभामा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट बेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्वर २(१) बाट भिम बहादुर कार्की र क्षेत्र नम्वर ३(१) बाट गणेशमान गुरुङ अत्यधिक मतले विजयी भएका भएका छन् ।
एमाले कास्कीका कार्यवाहक अध्यक्ष अधिकारीले कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्यध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ति प्रभावकारी रुपमा क्रियाशिल र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नम्वर २(२) र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । तर कस्केली मतदाताहरुको अपार माया, ममता र विश्वास नेकपा (एमाले) प्रति रहेकै कारण प्रतिनिधि सभाको तीनवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको अधिकारीले विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘कास्की जिल्लामा नेकपा (एमाले) पहिलो पार्टी बन्न पुगेको छ । विज्ञप्तीमा भनिएको छ–‘कस्केली जनताको माया, ममता र मतदाताहरुको पुर्ण विश्वास नेकपा (एमाले) प्रति रहेको पुन प्रमाणित भएको छ ।’
साथै प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा जनताले दिएको मतादेशले राष्ट्रियता, स्वाधिनता, लोकतन्त्र र देशको समृद्धिका लागि सिंगो एमाले पक्तिलाई अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलेको विज्ञप्तीमा जनाईएको छ ।
यसैविच शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मतदानमा खटिएका सम्पुर्ण कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, सञ्चार माध्यम लगायत सम्पुर्णमा एमाले कास्कीले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’