काठमाडौं। अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका -५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका -५ बस्दै आएका ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओली छन् ।
प्रहरीका अनुसार अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क बिहिन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो ।
यस्तै, धनकुमारी ओलीले समेत विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धन कुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’