माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

maya-luhar

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्।

मायाको हत्या आरोपमा बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका कोलीलाई आजै बैतडी प्रहरीलाई बुझाइने बताइएको छ।

२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए।

गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका–६ को जंगलमा फेला परेको थियो ।

पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेको बुझिएको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ