चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु भएको छ।
आज बिहान मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।
दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।