गत ४ मंसिरको चुनावबाट प्रतिनिधिसभामा कास्की २ बाट नेकपा एमाले नेतृ विद्या भट्टराई निर्वाचित भएकी छन् । उनीसँग अन्य १६ जना प्रतिस्पर्धामा थिए । चुनाव जितेपछि विद्याले सोमबार प्रतिस्पर्धीसँग भेटघाट गरेकी छन् । उनले डेढ घण्टा तीन जना प्रतिस्पर्धीसँग भलाकुसारी गरेकी हुन् ।
वाम-लोकतान्त्रिक गठबन्धनकबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तसँग निर्वाचित भट्टराईले सोमबार भेटेर सुझाव मागेकी हुन्
विद्यालाई चुनावका प्रतिस्पर्धीले पोखरा विमानस्थल सञ्चालन, विभिन्न सडक स्तरोन्नतिसहित एक दर्जनभन्दा बढी सुझाव दिएका छन् । विकास आयोजनाको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरूको स्तरोन्नति, कम्तीमा वर्षको एकपटक सबै नागरिकको पूर्ण शारीरिक स्वास्थ्य परीक्षण, सम-विकासको अवधारणामार्फत शिक्षा क्षेत्रको सुधार, पर्यटकीय राजधानी घोषणा गरेर पोखराको समृद्धिमा जोड दिन र प्रभावकारी नीति निर्माणमा संसदमा सक्रिय रहन प्रतिस्पर्धी उम्मेदवारले सुझाव दिएका छन् ।
योसहित पोखरा विमानस्थल शीघ्र सञ्चालन, कोभिडपछि पर्यटन व्यवसायीमा परेको समस्या सम्बोधनमा पहल, बिरौटादेखि पुँडिटारसम्मको सडक स्तरोन्नतिलगायत विषयमा सक्रिय भएर लाग्न आफूहरूले सुझाव दिएको स्वतन्त्र पार्टीका उम्मेदवार कँडेलले बताए ।
‘काम के-कसरी गर्दा ठीक हुन्छ भनेर सोध्नुभएको थियो । हामीले आ-आफ्नो कुरा राख्यौँ । बधाई औपचारिकताका लागि दिने कुरा हो । तर, प्रतिस्पर्धीसँग बसेर सल्लाह माग्नु सकारात्मक हो,’ कँडेलले भने । स्वतन्त्र पार्टीका उम्मेदवार कँडेलले ठूला पार्टीले चुनावी खर्च धेरै गरेको विषय पनि भेटमा उठाएका थिए ।
उक्त भेटमा नेकपा एमाले कास्की क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल पनि सहभागी थिए । ४ मंसिरको चुनावमा भट्टराई निकटतम प्रतिस्पर्धी कँडेलभन्दा ४ हजार ५०३ मत बढी ल्याएर विजयी भएकी थिइन् । भट्टराईले १६ हजार ९९८ र कँडेलले १२ हजार ४९५ मत पाएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह