पोखरा । हेमोफिलिया सोसाइटी नेपाल, गण्डकी प्रदेश कमिटिको अध्यक्षमा श्रीकृष्ण पौडेल चयन भएका छन् । सोसाइटीको शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. भरत बहादुर खत्रीको प्रमुख आतिथ्यता एवं सोसाइटी प्रदेश समिति उपाध्यक्ष बालकृष्ण मल्लको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका फिजियोथेरापिस्ट डा. अजित पाण्डे तथा ल्याब टेक्निसियन राजेन्द्र पौडेल, हेमोफिलीया सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष मुकुन्दमणि घिमिरे, महासचिव रेशमलाल रानाभाट, केन्द्रीय सदस्य सन्दिप खत्री, प्रिति थापा तथा सदस्य सेवा अधिकृत गायत्री मगराती लगायतको उपस्थिति रहेको थियो ।
हेमोफिलिया सोसाइटी नेपाल का केन्द्रीय अध्यक्ष मुकुन्दमणि घिमिरेले प्रदेश सरकार तथा पोखरा महानगरपालिकाबाट बिनियोजित रकमले औषधि खरिद गरेको र अब हरेक जिल्लामा सेवा केन्द्र खोल्ने बताउँदै हालसम्म काठमाडौंमा मात्र हेमोफिलिया पहिचान उपकरण भएकोमा अब गण्डकी प्रदेशबाट पनि सञ्चालन गर्ने तथा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा हेमोफिलिया सेवा केन्द्र तत्कालै सञ्चालन गर्न सम्बन्धित निकाय संग सहकार्य गर्ने जानकारी दिए ।
महासचिव रेशमलाल रानाभाटले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ वटा जिल्लामा ८९ जना रहेको तथ्यांक रहेतापनि अझ थप हुने आँकलन सहित पहिचान गर्नुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रति १० हजार मा १ जना हेमोफिलिक जन्मने तथ्यांक रहेतापनि नेपालमा पहिचान नभएकै कारण तथ्यांक आउन नसकेको उल्लेख गरे । साथै, नेपाल सरकारबाट आवश्यक पहल अझै हुन नसकेको हुँदा सरकारको ध्यानाकर्षण समेत गराए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले हेमोफिलिया सोसाइटीको समस्या समाधान गरी संस्थाको सिस्टम बसालेर काम गर्ने बताए । साथै, गण्डकी प्रदेशका हरेक स्थानिय तह तथा गण्डकी प्रदेश सरकारबाट बजेट बिनियोजन गरी काम गर्ने सम्बन्धित निकायसंग समन्वय गर्ने तथा आफ्नो कार्यकालमा हेमोफेलिकबीच नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम साथै सीपमुलक कार्यक्रम संचालन गर्ने बताए ।
कोहि व्यक्ति औषधि उपचारबाट बन्चित हुन नहुने र सबैमा पहुँच पुर्याउने कुरा समेत उल्लेख गर्दै संस्था सञ्चालनमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाई छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह