बागलुङ। तीन जना नाबालिकालाई होटलमा लगी जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
पर्वत जिल्ला कुश्मा नगरपालिकास्थित आफ्नै घरबाट निस्किएका दुई जना १५ वर्षीया र एक १६ वर्षीया नावालिकालाई बागलुङ जिल्ला बागलुङ नगरपालिका -२ समिट चोकस्थित एक होटलमा राखी करणी गरेको अभियोगमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बागलुङ जिल्ला गलकोट नगरपालिका- ९ घर भइ हाल पोखरा महानगरपालिका – ८ सृजनाचोक बस्ने २५ वर्षीय अशोक दर्लामी, धादिङ घर भइ हाल पोखरा बस्दै आएका वर्ष १९ का सन्दिप तामाङ र गुल्मी जिल्ला घर भइ हाल सोही स्थान बस्दै आएका वर्ष १९ का राहुल थापा छन्। बालिकाहरूलाई जन्मदिन मनाउने भन्दै हाेटलसम्म लगेकाे खुलेकाे छ ।
बागलुङका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता गंगाबहादुर थापा अनुसार नावालिका बेखबर भएपछि परिवार तथा आफन्तले खोजतलास गर्दै जाने क्रममा आइतबार साँझ अन्दाजी ५ बजेको समयमा बालिकाहरुलाई युवकहरु सहित होटलमा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले तीन जना नावालिकासहित तीन युवकलाई पक्राउ गरेको हो। उनीहरुमाथि नावालिका करणी कसुरमा जिल्ला अदालत बागलुङबाट सात दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रवक्ता थापाले गण्डक न्युजलाई जानकारी दिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन