इन्फर्मेटिक्स कलेज पोखराका १८१ विद्यार्थी दीक्षित

इन्फर्मेटिक्स कलेज पोखराका १८१ विद्यार्थी दीक्षित

informaticsss

इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । उत्कृष्ट नतिजा र व्यवसायिक शिक्षा दिँदै आएको यो कलेजले दीक्षान्त समारोहको आयोजना गरेर विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।

दीक्षित हुनेमा बिए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह गर्ने १३ जना र बिएस्सी (अर्नस) कम्प्युटिङ तह पूरा गर्ने १६८ विद्यार्थी छन् । आइतबार आयोजित दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोहमा विद्यार्थीका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । बेलायतको लन्डन मेट्रोपोलियन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुप (आइएनजी)द्वारा सञ्चालित छ ।

आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगार पाइरहेको बताए । बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उनले यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । अध्यक्ष बुढाथोकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।

इन्फर्मेटिक्स कलेज पोखराले बिजनेश र आइटी कोर्षअन्तर्गत रहेर बिआइटी तथा बिबिए प्रोग्राम अध्यापन गराएर विद्यार्थीलाई उपयुक्त मार्गनिर्देश गर्दै आएको छ। यस्तै, डिजिटल बिजनेश म्यानेजमेन्ट र इभेन्ट्स तथा टुरिजम म्यानेजमेन्ट बिजनेश तर्फ तथा आईटीमा बिएससी कम्प्युटिङ कोर्षलाई विशिष्टिकृत गरेर अध्यापन गराउँदै आएको यो कलेज उपयुक्त शैक्षिक गन्तव्य रुपमा इन्फर्मेटिक्स कलेजले आफ्नो पहिचान बनाएको छ।

यस्तै, कलेजले आफ्नो लामो शैक्षिक यात्राका क्रममा पाठ्यक्रममा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड दिएको छ।

कलेजले अन्तर्राष्ट्रिय एक्सपोजर कार्यक्रम, इन्डष्ट्री एक्सपोजर तथा विभिन्न कार्यक्रमहरू समेत समावेश गरेको छ। इन्फर्मेटिक्स कलेज पोखराले जेहेनदार विद्यार्थीका लागि एएए छात्रवृत्तिको व्यवस्था समेत गरेको छ। यो कलेजले उत्र्तीण भएका आफ्ना विद्यार्थीमार्फत विभन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास लिएको छ।

Video:

https://www.facebook.com/informaticscollegepkr/videos/687062942978208 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds