पोखरा। शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका भारतीय अभिनेता विवेक ओवराय सहित स–परिवार पोखराको घारीपाटनमा रहेको आव्या क्लबमा पुगेका छन् ।
सो क्लबका कार्यकारी निर्देशक किरण केसी र प्रबन्ध निर्देशक निरोज लामाले संयुक्त रुपमा ओवराय सहित स–परिवारलाई स्वागत गरेका थिए।
ओवरायले क्लबले गरेको आतिथ्यताको प्रशंसा गरे। आव्याले सञ्चालन गरेको फिटनेस, वेलनेस र रिक्रियसनको अवलोकन गर्दै ओवरायले पोखरामा यस्तो फिटनेस र स्वास्थ्यसँग सम्बन्धित क्लबले पर्यटकीय क्षेत्रमा बिशेष योगदान पुर्याउन सक्ने बताए।
‘पोखरा आफैमा पर्यटकीय हब हो, ओवरायले भने, ‘फिटनेस र स्वास्थ्यलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको आव्या क्लबले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ठूलो टेवा दिइरहेकोे छ।’

उनले यस क्लब अन्तराष्ट्रिय स्तर सरहकै रहेको र यसले दिएको उत्कृष्ट सेवा सुविधाबाट आफु निकै प्रभावित भएको बताए।
ओवरायले आफूलाई मार्सी चामलको भात र मुस्ताङी दालको स्वाद निकै मन परेको उल्लेख गरे। उनी सहित स–परिवारले अहिलेसम्मकै उत्कृष्ट नेपाली खानाको वास्तिवक स्वाद लिएकोे बताए।
२०८९ साल बैसाख १ गतेबाट सञ्चालमा आएको उक्त कल्बमा बरुण खड्का,रोशन केसी , किरण केसी, प्रकाश केसी, विश्व गौतम, अशोक बहादुर मल्ल र निरोज लामा सञ्चालक समितीमा रहेका छन्।
योसँगै ओवरायले आज पोखराको सराङकोटबाट प्याराग्लाडिङ गरेका थिए भने यसअघि उनी पोखराको मझेरीपाटन स्थित हिमालयन गल्फ पुगी गल्फको मज्जा लिएका थिए।
यस्तै चाडै नै सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पनि अवलोकन गरेका थिए।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ