नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालले नेपाली हिज्जे प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।
प्याब्सन कास्कीको सभाहलमा भएको उक्त प्रतियोगितामा केफ माध्यमिक विद्यालय प्रथम, न्याश्नल इन्भेन्टिभ द्वितीय , वेलनन एकेडेमी तृतीय, डायमण्ड मावि चतुर्थ र बालप्रभात बोर्डिङ र मदरल्याण्ड मावि सान्त्वना भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख लक्ष्मण देवकोटाले विद्यार्थीहरूको अद्भूत क्षमताप्रति अति नै खुसी भएको बताउँदै भाषा विकास र देश विकासका लागि नेपाली भाषा उत्तिकै महत्व भएको कुरा व्यक्त गरे ।
सामाजिक अध्ययन मञ्चका अध्यक्ष दिनेश अर्याल र परिषद्का सल्लाहकार तथा निर्णायक संयोजक दिनेश सापकोटा रहेका कार्यक्रममा निर्णायकका रूपमा डोलराज अर्याल , शिवहरि सुवेदी, शशी शिशिर ढुङ्गाना, नारायण पराजुली, पोस्टराज सुवेदी , विष्णुप्रसाद पौडेल, पार्वती खनाल, टुका सुवेदी र इन्दिरा सापकोटा रहेका थिए
नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विक्रम पौडलले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद लम्सालले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो