काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका सरफुदिन असरफ ३७ तथा कप्तान ट्राभोन ग्रिफिथले १७ रन बनाए । पोखराका कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमा समेटियो ।
पोखराका सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले समान १६ रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । जनकपुरका सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २ विकेट लिए ।
९ खेलमा १२ अङ्कसहित जनकपुर तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलमा ६ अङ्कसहित पोखरा पाँचौँ स्थानमा छ ।
आज नै हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्कका साथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’