चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र एक सिङ्गे गैंडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र एक सिङ्गे गैंडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्ज-chitwan

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङ्गे गैँडा मृत भेटिएको छ।

गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९÷०८० मा मर्ने गैँडाको सङ्ख्या ८ वटा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds