नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने

नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने

mugling-road

पोखरा । नारायणगढ–मुग्लिन सडक खण्डमा आज र भोलि दुई दिन दिनभर सडक खुला गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै शनिबार र आइतबार सडक खुल्ला गरिने जनाएको छ ।

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको छ । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम भइरहेको छ ।

माघे संक्रान्तिमा देवघाटमा स्नान गर्न देशैभरबाट भक्तजन जाने गर्दछन् । यो वर्ष पाँच लाख भक्तजन देवघाट पुग्ने अपेक्षा देवघाट क्षेत्र विकास समितिको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds