पोखरा, दमौली र लेखनाथ बासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो ।
काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको छ । ५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् ।
‘घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुशी लागेको छ । आशा छ काठमाडौंमा जस्तै सेवाग्राहीहरुलाई यहाँ पनि लाभ मिल्नेछ ।’, उनले भने ।

आफुहरुले निम्न र मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै उक्त सेवा प्रदान गर्न लागेको जानकारी उनले गराएका छन् । हाललाई नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने लक्ष्य आफुहरुको रहेता पनि आगामी समयमा गाउँगाउँमा वाईफाई नेपालको इन्टरनेट सेवालाई विस्तार गर्ने योजना रहेको अभिव्यक्ति उनको छ ।
‘छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व अहिले धेरैनै छ । निम्न र मध्यम वर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाईफाई नेपाल लञ्च गरेका हौं । हाललाई शहर केन्द्रित भएता पनि भोलीका दिनमा ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना हाम्रो छ ।’, उनले भने ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह