पोखरा । देशका केही स्थानमा आज बिहीबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आन्शिक देखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेका छन्।
बिहीबार दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली प्रदेशका र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’