पोखरा। वडा कार्यालय -१५ तथा सहयोगी संस्थाहरूको सहयोगमा पोषणयुक्त खाद्यान्न तथा न्यानो लुगा वितरण गरिएको छ।
पोखरा महानगरपालिका वडा नं -१५ को सुत्केरी महिला पोषण कार्यक्रम तथा ‘ग्लो संस्था र थ्री एन्जेल नेपालको सहयोगमा वडामा बसोबास गर्ने अपाङ्ग, दृष्टिविहिन, एकल तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई सहयोग प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको वार्षिक बजेटबाट सुत्केरी महिलाहरूका लागि चामल, घ्यू, हर्लिक्स र साबुन तथा ‘ग्लो संस्था’ ले न्यानो लुगा र ‘थ्री एन्जेल नेपाल’ले ब्ल्यांकेट सहयोग गरेको जानकारी दिए। बानियाँले वडा तथा सहयोगी संस्थाहरूले दिएको सामग्रीको सही रूपमा उपयोग गर्न आग्रह गर्दै टोल छिमेकमा कोही त्यस्ता विपन्न व्यक्ति वा परिवार छुटेको भए वडामा पठाउन आग्रह गरे।

ग्लो संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले अभाव र अप्ठेरोमा परेका व्यक्तिहरूलाई विशेष जोड दिँदै चिसोबाट बचाउन वयस्कका लागि ११० र बच्चाहरूका लागि ४० जना गरी १५० जनालाई न्यानो लुगा वितरण गरिएको जानकारी दिइन्। उनले वयस्कहरूका लागि ज्याकेट, सुत्केरीका लागि ट्राउजर, ज्याकेट, र ब्ल्यांकेट तथा बच्चाहरूका लागि स्विटर वितरण गरिएको जानकारी दिइन्।

यस्तै थ्री एन्जेल नेपालले ६० पिस ब्ल्यांकेट सहयोग गरेको छ।
सहयोग कार्यक्रममा अध्यक्ष बानियाँसहित जनप्रतिनिहरू आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए भने, सहयोगी संस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ