पोखरा। वडा कार्यालय -१५ तथा सहयोगी संस्थाहरूको सहयोगमा पोषणयुक्त खाद्यान्न तथा न्यानो लुगा वितरण गरिएको छ।
पोखरा महानगरपालिका वडा नं -१५ को सुत्केरी महिला पोषण कार्यक्रम तथा ‘ग्लो संस्था र थ्री एन्जेल नेपालको सहयोगमा वडामा बसोबास गर्ने अपाङ्ग, दृष्टिविहिन, एकल तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई सहयोग प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको वार्षिक बजेटबाट सुत्केरी महिलाहरूका लागि चामल, घ्यू, हर्लिक्स र साबुन तथा ‘ग्लो संस्था’ ले न्यानो लुगा र ‘थ्री एन्जेल नेपाल’ले ब्ल्यांकेट सहयोग गरेको जानकारी दिए। बानियाँले वडा तथा सहयोगी संस्थाहरूले दिएको सामग्रीको सही रूपमा उपयोग गर्न आग्रह गर्दै टोल छिमेकमा कोही त्यस्ता विपन्न व्यक्ति वा परिवार छुटेको भए वडामा पठाउन आग्रह गरे।

ग्लो संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले अभाव र अप्ठेरोमा परेका व्यक्तिहरूलाई विशेष जोड दिँदै चिसोबाट बचाउन वयस्कका लागि ११० र बच्चाहरूका लागि ४० जना गरी १५० जनालाई न्यानो लुगा वितरण गरिएको जानकारी दिइन्। उनले वयस्कहरूका लागि ज्याकेट, सुत्केरीका लागि ट्राउजर, ज्याकेट, र ब्ल्यांकेट तथा बच्चाहरूका लागि स्विटर वितरण गरिएको जानकारी दिइन्।

यस्तै थ्री एन्जेल नेपालले ६० पिस ब्ल्यांकेट सहयोग गरेको छ।
सहयोग कार्यक्रममा अध्यक्ष बानियाँसहित जनप्रतिनिहरू आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए भने, सहयोगी संस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते