भक्तपुर। पार्किङ गरी राखेको बसमा तास खेल्दै गरेका चार जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।
मध्यपुरठिमी नगरपालिका -१ लोकन्थली गणपती वडी विल्डर्स ग्यारेजमा पार्किङ गरिराखेको बा ३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेका दोलखा सैलुङ गाउँपालिका-६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङसहित चार जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त बसमा तास खेलिरहेको भन्ने सूचना पश्चात प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।