पोखरा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विहीबार देशभर मनाइएको छ । पाेखराको पालिखेचोकस्थित प्रतिभा माविमा पनि विहीबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी पर्व मनाईएको छ ।
प्रतिभा माविका संस्थापक प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयमा विहीबार बिहानदेखि पूजा–आराधना गरिएको थियो । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीहरुले विद्यालयमा पूजाआजा गरेका थिए । विद्यार्थी सहित विद्यालयका शिक्षक शिक्षिका, अभिभावक पनि पूजा–आराधनामा सहभागी भएका थिए ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी विद्यार्थीले आआफ्ना कला साधनाका वस्तु कापिकलम, कुची र वाद्ययन्त्र लाई सरस्वतीका रुपमा पूजा गर्ने चलन रहेको छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकोले अभिभावकले विद्यालय जान सक्ने उमेरका बालबालिकालाई शिक्षणसंस्थामा लगेर अक्षरारम्भ गराएको प्राचार्य सापकोटाले बताए ।
विद्यार्थीलाई विद्यारम्भ गराउने बाहेक यस दिन बालबालिकाको नाक–कान छेड्न पनि शुभ मानिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्यालयले हरेक वर्ष यो दिन कार्यक्रम गर्दै आएको उनले बताए ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह