थाइल्याण्डमा हुने प्रतियोगितामा भाग लिन जान लागेका बूढानिलकण्ठ निवासी ३ जना खेलाडीलाई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहितको टाेलीले शुभकामनाका साथ बिदाइ गरेका छन् ।
थाइल्याण्डको हुवाहिन सहरमा माघ १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने मई थाई फेस्टिवलको विश्व च्याम्पियनसिप फाईटमा भाग लिन वडा नं ५ का १३ वर्षिय गेन्जी राई, वडा नं ६ का १८ वर्षिय दिगविजय राठौर र १९ वर्षिय लाल बहादुर तामाङ जान लागेका हुन् ।
डब्लु. वि.सि. मई थाई नेपाल अन्तरगतका ३ खेलाडीहरुलाई संस्थाले नगर प्रमुख, उपप्रमुखसहित संस्थाका अध्यक्ष राजु राई, महासचिव दिपक तामाङ र अन्य मई थाई खेलाडीहरुको उपस्थितिमा पत्रकार भेटघाटसहित बिदाई कार्यक्रम आयोजना गरेको हाे ।
कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले खेलाडीहरुलाई मई थाई खेलमार्फत देशकै प्रतिनिधित्व गर्न लागेकोमा धन्यवाद व्यक्त गर्दै जीतको अग्रिम शुभकामना व्यक्त गरे ।
स्थापनाकाल देखिनै नगरपालिकाको साथ र सहयोग पाईरहेको डब्लु. वि.सि. मई थाई नेपाललाई यस खेलको विकास र खेलाडीको स्तरोन्नतिको लागि नगर परिषद्मा थप छलफल भईरहेको उनले जानकारी दिए । थाईल्याण्डमा हुन गईरहेको उक्त प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरुसँगै थाईल्याण्ड जाने सचिव दिपक तामाङले जानकारी दिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’