वैदेशिक रोजगारीमा पठाउने बहानामा पीडितहरूबाट साढे ५७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीमा पठाउने बहानामा पीडितहरूबाट साढे ५७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

arrest

काठमाडौं । सिङ्गापुर, अफगानिस्तान र घाना पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सिङ्गापुर, अफगानिस्तान र घानामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै नगद ५७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका ३ बस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ७ घर भएका ३० वर्षीय अनिल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अनिल श्रेष्ठले विभिन्न ७ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घाना जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिन्छु र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएपछी उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ