पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र लुगा लगाउने विषय नभई नेतृत्व क्षमतालाई सामाजिक प्रतिष्ठाको विषय बनाउनुपर्ने सुझाव दिएकी छन्।
पोखरा महानगरपालिका वडा नम्वर ९ को वडास्तरीय महिला सञ्जालले आयोजना गरेको उद्घोषण तालिमको उद्घाटन गदै आर्थिक रुपमा आत्मनिर्भर बन्ने विषयमा ध्यान दिनुपर्ने बताउदै भनिन्,“हामी महिलाहरु धेरै गहना र महंगा कपडा लगाउने विषयलाई मात्र प्रतिष्ठाका रुपमा सोच्छौ, अब त्यो सोच परिर्वतन गरेर ब्यवसायीक रुपमा सबल र सक्षम हुदै सामाजिक, राजनीतिक र आर्थिक रुपमा समाजमा स्थापित हुने विषयलाई प्रतिष्ठानको रुपमा लिनुपर्छ।” उनले महिलाहरुमा कानूनी ज्ञान र आफना अधिकार बारे जानकार हुर्नुपर्ने बताउदै कानूनको अज्ञानता क्षम्मे नहुने बताइन्।
उपप्रमुख गुरुङले महिलाका धेरै अधिकार संविधानमा लेखिएको बताउदै अव त्यसको कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याइन्। विगतमा भन्दा महिलाहरुमा परिर्वतन आएपनि सोचे जस्तो नभएको बताउदै भनिन्, २०१७ सालमा आइमाई दिवसका रुपमा सुरु भएर नारी दिवस र अहिले महिला दिवसका रुपमा आएको बताइन्। उनले गलत संस्सकारलाई परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै परिर्वतन आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, निर्वतमान वडा अध्यक्ष रामराज लामिछाने, वडा सदस्य एवं न्यायिक समिति सदस्य भावना श्रेष्ठ, वडास्तरीय महिला सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोलेका थिए। कार्यक्रम वडास्तरीय महिला संञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको थियो भने तालिममा प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सेना पंगेनीले गरेकी थिइन्।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’