पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयले वडाका आदिवासी जनजातिका लागि एक दिने कानूनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा आदिवासी जनजाति आन्दोलन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नं. १६९ बारे प्रशिक्षण दिइएको थियो ।
त्यसैगरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, आदिवासी जनजाति आयोग ऐन तथा मानवअधिकार र देवानी संहिताबारे समेत जानकारी गराइएको थियो । सो अवसरमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता कृष्णकुमार श्रेष्ठ, अधिवक्ता माधवी पाण्डे र नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजनकुमार लामाले सहजीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले यस कार्यक्रमले वडाका आदिवासी जनजातिलाई सचेत र संगठित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक भीमकुमारी पुनले प्रथम र द्वितीय विश्वयुद्धमा समेत अद्वितीय बहादुरी प्रदर्शन गरेका आदिवासी जनजाति समुदायले अब नेपालको राजनीति र प्रशासनमा समेत सहभागिता वृद्धिगर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा वडा सदस्य विनोद लामिछानेले पनि बोलेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’