काठमाडौं। प्रहरीले आधा किलो सुन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट ५ सय ग्राम सुनसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् ।
ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो।
उनीहरू माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।