पोखरा । पोखरामा जारी नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता अन्र्तगत बुधबार सेमि फाइनल तथा फाइनल खेल हुने भएकोे छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता अन्र्तगत मंगलबार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन्।
छात्रा तर्फ मंगलबार भएको पहिलो खेलमा पोखरा एकेडेमीले सहज जित दर्ता गर्यो । पोखरा लर्नस एकेडेमीले वाकओभर दिएसंगै पोखरा एकेडेमी सेमिफाइनलमा यात्रा बनाएको हो । अर्को खेलमा साविक बिजेता गण्डकी बोर्डिङ स्कुलले ज्ञान ज्योति बिद्या कुन्जलाई १०—३ को फराकिलो गोल अन्तले पराजित गर्यो । सृजना माविले सरस्वती बोर्डिङ स्कुललाई ३—१ को गोल अन्तरले पन्छाउदा छात्रा तर्फको अन्तिम क्वाटरफाइनल खेलमा सरस्वती बिद्या आश्रमले इडेन्स स्कुललाई १०—२ को बिशाल गोल अन्तरले पराजित गर्यो ।
त्यसै गरी मंगलबार छात्र तर्फ भएको पहिलो क्वाटरफाइनल खेलमा पोखरा एकेडेमी बीले अल्फा बोर्डिङ स्कुललाई १०—६ को गोल अन्तरले पन्छाउदा अर्को खेलमा पोखरा एकेडेमी एले सृजना मावि माथि १२—४ को शान्दार जित हासिल गर्यो । अर्को खेलमा गण्डकी बोर्डिङ स्कुलले सरस्वती बोर्डिङ स्कुल माथि १२—४ को फराकिलो गोल अन्तरको जित हासिल गर्दा मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा ज्ञान ज्योती सबिद्या कुन्जले भने सरस्वती बिद्याआश्रम माथि १०—८ को जित हासिल गरी सेफिाइनलमा यात्रा बनायो । उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संघका अध्यक्ष चित्र थापाले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको संघका सचिव टेक बहादुर गुरुङले बताए । “स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको उनले जनाए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष