सामाजिक संजालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ

सामाजिक संजालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ

Facebook-Jail

काठमाडौं। विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट देवाही गोनही नगरपालिका-५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाको बहिनी समेत भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दु:ख हैरानी दिने गरेको घटनामा संलग्न रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोग वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ