पोखराको न्यूरोडमा अवस्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले आईतबार एक कार्यक्रम गरि ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रको विकासको लागि अतुलनीय योगदान गरेको भन्दै विद्यालयले मात्रै नभई अभिभावकहरुले पनि विद्यार्थीहरुलाई व्यवहारीक तथा संस्कार युक्त बनाउनको लागि विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज पौडेलले स्थापनाकाल देखि अहिले सम्म विद्यालयको गतिबिधि आफूले नजिकबाट नियालेको बताउँदै विद्यालयले प्रदान गरेको व्यवहारिक शिक्षा बाट आफू प्रभावित भएको उल्लेख गरे ।
सो अवसरमा विद्यालयका प्राचार्य शालिकराम अधिकारीले विद्यालयको वर्तमान गतिविधिका साथै आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालयको संस्थापक निर्देशक लिलावती प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षिका रमा पौडेल, अभिभावकको तर्फबाट डा. निभा अमात्य, चाटर्ड एकाउन्टेन्ट तथा प्रिज्म एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक अमित थापाको लगायतले बोलेका थिए । विद्यालयका सह–प्राचार्य तथा कार्यक्रम संयोजक नवराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक सदस्य मित्रलाल पौडेलले धन्यवाद मन्तब्य राखेका थिए ।
कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७७ र २०७८ को शैक्षिक तथा अतिरिक्त क्रियाकलपमा प्रथम, द्वितीय र तृतीय हुने छात्रा छात्रहरुलाई पुरस्कार तथा मेडल वितरण गरिएको बिद्यालयले जनाएको छ । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह