पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मंगलबार मातृभाषामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित सो कार्यक्रममा संस्कृत, नेपाली, मगर, गुरुङ, नेवारी, थकाली र भोटे गरी सात वटा भाषामा स्रष्टाहरूले कविता वाचन गरेका थिए । सो अवसरमा भीम रानाभाट, कृष्णप्रसाद पौडेल, रूद्रबहादुर हितान, रूद्रबहादुर श्रीस, यामबहादुर थापा, फूलकुमारी थापा, छविलाल आचार्य, छवि सुवेदी, उदयबहादुर अमात्यले कविता वाचन गरेका थिए । त्यसैगरी, मधुसूदन जोशी, जसमाया गुरुङ, विष्णु बाँस्तोला, ज्योति भट्टचन, कल्याण पन्त, असफल गौतम, मदन भण्डारीले पनि विभिन्न भाषामा कविता वाचन गरेका थिए ।
कार्यक्रममा भाषाविद् प्रा.डा. यमनाथ तिमिल्सिनाले गण्डकी प्रदेशमा मातृभाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. तिमिल्सिनाले मातृभाषा दिनानुदिन लोपोन्मुख बन्दै गएको भन्दै मातृभाषा संरक्षणका लागि प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत भाषाको महत्व अरु बढ्दै गएको भन्दै संस्कृत भाषासहित अन्य मातृभाषाको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले पहिलोपटक प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको भन्दै आगामी वर्षदेखि बृहत रुपमा दिवस मनाउने उद्घोष गरे । लोपोन्मुख मातृभाषाको संरक्षणका निम्ति सबै सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताउँदै उहाँले मातृभाषा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख कृष्णप्रसाद पौडेल र प्राज्ञ परिषद् सदस्य डिलकुमारी पौडेलले मातृभाषा दिवसको महत्वबारे बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह